काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएकोमा कृष्णबहादुर महरालाई भारतीय तथा चिनियाँ समकक्षीले बधाई तथा शुभकामना दिएका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन मार्फत र चिनियाँ विदेशमन्त्री वाङ् यीले सन्देश मार्फत बधाई दिएका हुन्।
भारतीय समकक्षी स्वराजले शुक्रबार टेलिफोनगरी महरालाई बधाई दिँदै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध आपसी विश्वास र हितका आधारमा अघि बढ्ने बताएकी छिन्।
यस्तै, पछिल्लो समय नेपाल र चीन सम्बन्धमा भएको प्रगतिप्रति खुसी व्यक्त गर्दै प्रेषित बधाई सन्देशमा चिनियाँ विदेशमन्त्री वाङ्ले आगामी दिनमा द्विपक्षिय सहयोग थप विस्तार हुने जनाएका छन्। 'बेल्ट एण्ड रोड इनिसियटीभ' अर्न्तगत द्वपक्षिय सहयोग विस्तार गरिने उनले सन्देशमा उल्लेख गरेका छन्।
प्रकाशित: २७ जेष्ठ २०७४ ०२:१३ शनिबार