राजनीति

जागिर गुम्यो, टिकट मिलेन

बाजुरा- नेताहरुसँग लामो छलफल गरिन्। संभावना तपाईकै हो, टिकट पक्का नेताहरुले आश्वासन दिए। नेताहरुको आश्वासनमा मख्ख भएर जागिरबाट राजिनामा गरिन्। राजीनामा स्वीकृति गर्दासम्म पनि उनी ढुक्क थिईन्। जब पार्टीको निर्णय बाहिर आयो, तब मात्र छाँगाबाट खसेको अनुभव भयो, सत्य रोकायालाई।

रोकायाले गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिन शिक्षकको जागिर छोडेकी थिईन् । २०६६ सालबाट अस्थायी शिक्षक सेवामा उनले जागिर सुरु गरेकी हुन्। बीचमा स्थायी दरबन्दी कोटा आएपछि प्रावि तहको राहत सेवामा जागीर गर्दै गरेकी थिईन्।

नेपाली काँग्रेसका गाउँदेखि जिल्ला तहका शिर्ष नेताहरुले उनलाई ढुक्क हुन भनेका थिए। जिल्ला शिक्षा अधिकारीले टिकट फिक्स नभएसम्म राजीनामा नदिन आग्र गर्दा पनि उनलले सुनिनन्। किनकी नेताहरुको आश्वासन उनका लागि ठूलो विश्वास थियो।

जब नेताहरुबाट विश्वास घात भयो, अहिले उनलाई समस्या थपिएको छ। मष्टा निमाविमा उनी सेवारत थिईन् । जेष्ठ १ गते राजीनामा स्वीकृत भएपछि हाल उनी खाली छन्। छेडेदह गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार नेपाली काँग्रेसले अर्कै बनाएको छ।

डोगडीकै नरबहादुर रावतले अध्यक्षको टिकट पाएपछि उनलाई नदिएको काँग्रेसले बताएको छ। तर सत्य रोकायाले त्यो बाहना मात्र भएको आरोप लगाउने गरेकी छन् । रोकायाले महेन्द्र नगरबाट बोलाएर कुन्ती बुढालाई टिकट दिएरको आरोप काँग्रेसलाई लगाएकी छन्।

 अध्यक्षमा पदम शाही र उपाध्यक्ष सत्य रोकाया भनेर सुरुमा नेताहरुबीच छलफल भयो, टिकट पाउनेमा ढुक्क जस्तै थिएँ, तिमी बाहेक अरु दोस्रो हुदैन भनेको थियो, तर  अध्यक्षमा डोगडीबाटै नरबहादुर रावतलाई टिकट दिएपछि जागिरबाट मात्र हात धुनु परेको गुनासो उनको छ।

जिल्ला शिक्षा अधिकारीले टिकट फिक्स नहुन सक्छ, राजीनामा नदिनु होस् भन्नु भएकै हो, नपाएपनि अर्को व्यवसाय गरेरै बस्छु, टिकट ग्यारेन्टी हुन्छ भने तर अहिले नेताहरुले अर्कै निर्णय गर्दा दु:ख लागेको छ, उनले भनिन्।

                 

प्रकाशित: २६ जेष्ठ २०७४ १४:१५ शुक्रबार

जागिर गुम्यो टिकट मिलेन