राजनीति

युट्युब मार्फत जीवनको अनुभव सुनाउँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनको अनुभव युट्युब च्यानलमार्फत सुनाउँने भएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै ओलीले जीवनको अनुभव युट्युब च्यानलमार्फत सुनाउँने र आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न पनि आग्रह गरेका छन्।

उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै यस्तै आफ्नो जीवनका थुप्रै कुराहरू यही च्यानलमा राख्ने बताएका छन्।

उनले लेखेका छन्,'पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन। झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ। आश्चर्य लाग्यो। म घाइते थिएँ तर जिउँदो थिएँ। मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो। सफलताको अनुभूति गरेँ। बाँच्नु आफैँमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो। यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो। मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु।'

प्रकाशित: ३१ असार २०८० ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App