राजनीति

समयमै न्यायाधीश नियुक्त गर्न प्रयासरत छु : प्रधानन्यायाधीश कार्की

फाइल तस्बिर

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च र उच्च अदालतमा खाली हुन लागेको न्यायाधीशको नियुक्ती गर्न प्रयासरत भएको बताएका छन। 

आज  सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले अझै पनि समय भएकाले न्यायाधीश नियुक्तिमा प्रयासरत रहेको बताएका हुन। वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा उनको जोड रहेको छ। 

सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार  एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो। तर अहिलेसम्म न्याय परिषद्को बैठक बस्न सकेको छैन।

प्रकाशित: ३१ असार २०८० ०६:५७ आइतबार

समयमै न्यायाधीश नियुक्त गर्न प्रयासरत छु : प्रधानन्यायाधीश कार्की