राजनीति

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

बुधबार डिकुवामा भएको छलफलमा कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताले आ–आफ्नो कमजोरीलाई स्वीकार गर्दै आपसी बिवादलाई सहमतीमा टुंग्याएको हो। एमाले कार्यकर्ता मानकुमारी राई, घनश्याम राई, जितेन राई, प्रदीप राई लगायतले राखेको झण्डा कांग्रेसका देबेन्द्र राई, चित्र खत्री लगायतको टोलीले घरमुलीलाई हटाउन लगाएका थिए। त्यसपछि उनीहरुले काँग्रेसको झण्डा राखेको एमालेले दाबी गरेको थियो।

झण्डा झिकेको विषयमा बिवाद भएपछि हलेसी, दुर्छिम लगायतका एमाले र कांग्रेसका नेता तथा कार्यकर्ता डिकुवा पुगेका थिए। विवादलाई शान्तिपूर्णरुपमा सहमतीमा टुंग्याउने प्रयास गर्नुको सट्टा नेताहरु नै दलबल सहित भेला भएका थिए। बिवादका बेलामा संयमता अपनाउनुको सट्टा नेता नै शक्ति प्रदर्शनमा उत्रिएको स्थानीयको भनाइ छ।

झण्डा राखेको विषयमा भएको बिवाद सहमतीमा टुंगिए पनि बुधबार सोही घटनालाई लिएर झगडा गर्ने कांग्रेस र एमालेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०७४ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App