राजनीति

प्रधानमन्त्री दाहाललाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन।

आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले  प्रधानमन्त्री र उनको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन।

यस्तै, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री दाहाललाई समवेदना प्रकट गरेका छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गरेका छन। यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गरेका छन।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरे।प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ।

प्रकाशित: ३० असार २०८० १३:३५ शनिबार

प्रधानमन्त्री दाहाललाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त