राजनीति

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

काठमाडौं- भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा वीर अस्पतालमा भर्ना भएका छन्। हिरासतमा रहेका शर्मा स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालमा भर्ना भएका हुन्।

स्रोतका अनुसार उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। शर्मालाई आइतबार विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। गत शुक्रबार अख्तियारले शर्मालाई कार्यालयबाटै पक्राउ गरेको थियो।

प्रकाशित: २२ जेष्ठ २०७४ ०९:४१ सोमबार

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना