राजनीति

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

भक्तपुर- अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनाकय नगरपालिका ११ बाँसघारी नजिकै आइतबारबाट लडेर एकजनाको मृत्यु भएको छ।

काभ्रेबाट भक्तपुरतर्फ आउदै गरेको बा ७३ प ९०४३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई चिप्ली लड्न जादा मोटरसाइकल चालक काभ्रेको उग्रतारा जतगाल ८ बस्ने बर्ष २१ को गोपाल श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घाइते भई उपचारका लागी मध्यपुर ठिमी अस्पताल भक्तपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जनाएको छ।    

 

 

प्रकाशित: २१ जेष्ठ २०७४ १३:४९ आइतबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु