राजनीति

म्हैपीबाट ३२ लाख लुट्ने समूह पक्राउ

काठमाडौं—महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा छन्।

पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिए।

घटनाका मुख्य योजनाकार अझै फरार छन्। उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: २१ जेष्ठ २०७४ १२:१९ आइतबार

म्हैपीबाट ३२ लुट्ने समूह पक्राउ