राजनीति

देउवालाई मत दिने/नदिनेबारे राप्रपामा विवाद

काठमाडौं— व्यवस्थापिका संसदमा हुने प्रधानमन्त्री निर्वाचनका एक मात्र उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा राप्रपाभित्र विवाद देखिएको छ। आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति, दाधिकारी तथा सांसदको बैठकमा सहभागीमध्ये एउटा पक्ष देउवालाई मत दिने पक्षमा देखिएको थियो।

अध्यक्ष कमल थापासहितको पक्षले त्यसलाई अस्वीकार गरेपछि राप्रपा निर्णयमा पुग्न सकेन। देउवालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा मत विभाजन भएपछि सोबारे निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइएको छ।

पार्टी प्रवक्ता सुशील श्रेष्ठका अनुसार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि सो विषयमा टुंगो लगाउने जिम्मा संसदीय दललाई दिइएको हो। राप्रपा संसदीय दलको बैठक आइतबार साँझका लागि बोलाइएको छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०८:२६ आइतबार

देउवालाई मत दिने/नदिनेबारे राप्रपामा विवाद