राजनीति

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छिन्। 
नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन् । 

उनले भनिन्,‘‘ क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’’ 

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पारिन्। 

उनले भनिन्, ‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’’ 

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताए। 

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताए। 
निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रुपमा रहेको छ । रासस

प्रकाशित: २० जेष्ठ २०७४ ०९:५४ शनिबार

गुणस्तरीय स्वास्थ्यसेवा चुनौतिपूर्णः राष्ट्रपति भण्डारी