राजनीति

करेन्ट लागेर एकको मृत्यु

लहान – सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो । 

बिजुलीको तारमा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी झाझपट्टीले जनाएको छ । रासस 

प्रकाशित: २० जेष्ठ २०७४ ०६:३२ शनिबार

करेन्ट लागेर एकको मृत्यु