राजनीति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

काठमाडौं- त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

उनले उक्त निर्णय तत्काल फिर्ता नगरे भोलि (शनिबार)देखि नै सत्याग्रह सुरु गर्ने चेतावनी दिए। 'सम्झौता प्रतिकूल हुनेगरी र सम्मानित अदालतको समेत अपहेलना हुनेगरी मन्त्रिपरिषद्ले गरेको सो निर्णय तत्काल फिर्ता गर्न, यसअघि भएको सम्झौताका सबै बुँदाहरु अक्षरशः पालना गर्न तथा चिकित्सा शिक्षा ऐनलाई हामीले सुझाव दिएबमोजिम अघि बढाउन यसै विज्ञप्तिमार्फत् दुई दिने अल्टिमेटम दिन चाहन्छौं। जेठ २० गते शनिबारसम्म यी माग पूरा नभएमा शनिबार ४ बजेदेखि सत्याग्रहको कार्यक्रम सुरु गर्ने पनि जानकारी गराउन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७४ ०८:२० शुक्रबार

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति