राजनीति

सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ। प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो। आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले स्व.दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताइन्।  

उनले भनिन्, दिवंगत सीता दाहालको अन्त्यष्टीको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ।’

मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित: २७ असार २०८० ०७:३६ बुधबार

सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने