राजनीति

'क्लिन द सिटी', काठमाडौंका मेयर शाक्यको पहिलो निर्णय

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सरसफाई अभियान 'क्लिन द सिटी' को निर्णय गर्दै पदबहाली गरेका छन्। काठमाडौं सफाई अभियानको फाइलमा हस्ताक्षर गर्दै शाक्यले आफ्नो पदभार ग्रहण गरे। मेयर विद्या सुन्दर शाक्य र उपमेयरमा हरिप्रभा खड्गी ‘काठमाडौं सरसफाई अभियान’ मा आफैं सहभागि हुने छन्।  

शाक्यले महानगरमा नेवारी समुदायले बोल्ने नेपाल भाषा र नेपाली भाषा सरकारी कामकाजको भाषाहुने फाइलमा समेत हस्ताक्षर गरे। यस अघि उनले महानगरको प्रांगणमा रुद्रक्षको विरुवा रोपेका थिए।

उपमेयर खड्कीले काठमाडौं महानगरको अपडेट गरिएको वेब साइट लगिन गरेकी थिइन्।

यसअघि काठमाडौं महानगरपालिकामा निवार्चित मेयर र उपमेयरको संयुक्त रुपमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सपथ ग्रहण लगत्तै लैनचौरको सहिद स्मारक, शान्तिवाटीकाको गणेशमानको शालिक, शोभा भगवतीको मंगलदेवीको स्मारक, चम्पादेबीको पुष्पालाल स्मारक र बल्खुको मदनभण्डारीको सालिक पुष्पगुच्छा चढाएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७४ १३:०१ बुधबार

क्लिन सिटी काठमाडौंका मेयर शाक्यको पहिलो निर्णय