राजनीति

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ

एक्सन राई

भोजपुर— नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै  पौवा दुम्मा गाउँपालिका ४ बास्तिमबाट जीवन राई र मानबहादुर राईलाई प्रक्राउ गरेको हो।

जीवन राई पार्टीका सगरमाथा ब्युरो सदस्य हुन भने मानबहादुर राई गाउँपार्टि सदस्य भएको पार्टिले जनाएको छ। प्रक्राउपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा झिकाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। उनीहरुले पौवा दुम्मा गाउँपालिका ४ को वडा कार्यलयमा संयुक्त क्रान्तिकारी जनपरिषदको नाममा बोर्ड लेखेपछि प्रक्राउ गरिएको प्रहरी प्रमुख काजीकुमार आचार्यले जानकारि दिए।

उनहीरुमाथि अनुसन्धान भैरहेको आचार्यले बताए। नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति निकाली बिना कारण आफ्नो कार्यकर्ता प्रक्राउ गरिएको भन्दै विरोध गरेको छ। जिल्ला सेक्रेटरी मादेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौवा दुम्मा क्षेत्रमा चुनावी कार्यक्रम गर्न नदिने जनाएको छ।
 

प्रकाशित: १७ जेष्ठ २०७४ ०९:३५ बुधबार

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ