राजनीति

जेठको तेश्रो साता देउवा सरकार: विश्वकर्मा

भक्तपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रधानन्यायाधीश शुसीला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि फिर्ता लिनु परेको स्पष्टीकरण दिएका छन्। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा केन्द्रीय सदस्य विश्वकर्माले संविधान कार्यान्वयन हुन दिनका लागि पनि महाअभियोगि फिर्ता लिएको बताए।

मधेसवादी दलको संघीयता, नेकपा माओवादी केन्द्रको गणतन्त्र र नेपाली काँग्रेसको मुद्दा मिलेको कारण अब पनि नेपाली काँग्रेसको नेतृत्वको सहमतीय सरकार बन्ने उनले बताए। नेपाली काँग्रेस दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी समेत गरे।  .

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यही महिनाको तेस्रो सातासम्म नयाँ सरकार गठन हुने उनको दावी छ। यो सरकार अधिकतम सहमतिको सरकार हुने बताउँदै उनले देउवा नेतृत्वको सरकारले स्थानीय तहको दोस्रो मात्रै नभई प्रदेश र संसदको निर्वाचन गराउने बताए।  

 

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७४ ०९:५० मंगलबार

जेठको तेश्रो साता देउवा सरकार विश्वकर्मा