राजनीति

लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ: तपाइँले भनेर राजीनामा गर्दिँन

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अन्तरआत्माले भने प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा (राप्रपा) का अध्यक्ष  राजेन्द्र लिङ्देनले उठाएको कुराको जवाफ दिंदै यदि आफ्नो अन्तरआत्माले भने राजीनामा दिने बताएका हुन्।

उनले भने,'राजेन्द्र लिङ्देन जीले नैतिकताको कुरा उठाउनु भयो। नैतिकताको विगत हुर्नुभयो भने दुई/दुई मैले प्रधानमन्त्रीको राजीनामा दिएकाे पढ्नुभाको छ? मैले कस्तो अवस्थामा दिए, के आधारमा दिए। नैतिकता कस्ले देखायो कस्ले देखाएन छातिमा हात राखेर विचार गर्नु। दुई पटक नैतिकताको आधारमै टेकेर राजीनामा दिएको हुँ। अहिले पनि मेरो अन्तरआत्माले भन्यो भने दिन्छु। तपाइले भनेको आधारमा त दिदिन्।'

प्रकाशित: २५ असार २०८० ११:५५ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल