राजनीति

प्रधानमन्त्री दाहालको प्रतिपक्षलाई प्रश्न: राजीनामा माग्दैमा दिनुपर्ने हो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदमा मेरो कमजोरी भन्न पाउँदिन प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, 'मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेको हो। मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो?  राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन। के यहीँ हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु। उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ। राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ। राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ।’  

प्रकाशित: २५ असार २०८० ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App