राजनीति

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माण गरिने

काठमाडौं— कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माणको कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने भएको छ। आर्थिक वर्षक २०७३/२०७४ को बजेट भाषण गर्दै अर्थमन्त्री अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणको अवधारणा ल्याएका हुन्।

सरकारले सडकको विकल्पमा सुरुङ मार्गको अवधारणा ल्याएको हो।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलसम्म पुग्ने मार्गमा हुने ट्राफिक समस्या समाधान गर्न सुरुङमार्ग सहयोगी हुने उनले बताए। सरकारले सडकको विकल्पमा सुरुङ मार्गको अवधारणा ल्याएको हो।

अर्थमन्त्री महराले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल विस्तार गर्न समेत कार्यक्रम ल्याएका छन्। विमानस्थलको धावन मार्ग र ट्याक्सी पार्किङ क्षेत्र विस्तार गरिने बजेट भाषणमा उल्लेख छ। यी दुवै योजनाका लागि पर्याप्त बजेट छुट्याइएको उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०७४ १२:५७ सोमबार

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माण गरिने