राजनीति

राष्ट्रियसभाको आजको बैठक भोलिका लागि तोकियो

आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक भोलि मंगलबारका लागि सारिएको छ।

आज बिहान ११  बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन।  

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गर्नुभएको हो।

प्रकाशित: २५ असार २०८० ०५:५२ सोमबार

राष्ट्रियसभाको आजको बैठक भोलिका लागि तोकियो