राजनीति

आरजु देउवाको अडियो प्रकरणमा प्रहरीले भन्यो: स्वर सन्देश शर्मासँग मिल्छ

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद डा.आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा जानकारी दिंदै देउवाको नाम लिइएको अडियो सन्देश शर्मासँग मिल्दो रहेको बताएका हुन्।

जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग अडियो मेल खाएको उनले उल्लेख गरेका छन्।

प्रकाशित: २४ असार २०८० ०७:४१ आइतबार

डा.आरजु राणा देउवा