राजनीति

कोशी प्रदेशमा मन्त्री परिषद् बिस्तार

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार  गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद् बिस्तार गरेका हुन्। नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीका ज्वाइ जीवन आचार्य  र राजेन्द्र कार्की, कांग्रेस बाट रामकुमार खत्री मन्त्री बनेका छन्।  

आचार्यको मन्त्रालय टुंगो लागेपनि अन्य मन्त्रीको भने अझै मन्त्रालय बाँडफाड भएको छैन। आचार्य आर्थिक मामिला तथा योजनामन्त्रीबनेका छन्, भने अरु ४ जना बिना विभागिय मन्त्री बनेका छन्। मन्त्रालय भागबण्डामा चित्त नबुझेपछि नेकपा एसले अन्तिम समयमा मन्त्री पठाएन। 

प्रकाशित: २४ असार २०८० ०५:०३ आइतबार

कोशी प्रदेशमा मन्त्री परिषद् बिस्तार