राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा  तीनवटा विधेयक प्रस्तुत गरिने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची छ।

आज बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ। भने राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधयेक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ।

त्यस प्रस्तावमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका सांसद र रास्वपाकी सांसदद्वय सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। 

तर विगत केही दिन देखि संसद् अवरुद्ध गर्दै आएको नेकपा एमालेको विरोध आज पनि कायमै हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको एमालेले यसअघि पटक पटक दुबै सदन अवरुद्ध गर्दै आएको छ।  

प्रकाशित: २४ असार २०८० ०२:२० आइतबार

प्रतिनिधि सभाको बैठक बस्दै यी हुन् सम्भावित कार्यसूची