राजनीति

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

लहान— जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ।

भोलि शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने एवं जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताए।

१९ गतेसम्म यदि संविधान संशोधन अगाडि बढेन भने त्यसपछि अझ सशक्त आन्दोलन गर्ने नेता राजेन्द्र महतोले बताए।

स्थानीय तह पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भएर स्थानीय तह पदाधिकारीले सपथ समेत लिइसकेका छन्। उनीहरुले विकास र पूर्वाधारका योजना समेत सार्वजनिक गरिरहेका छन्।

दोस्रो चरणमा ४ वटा प्रदेशमा निर्वाचन हुन बाँकी छ। निर्वाचन हुन बाँकी मध्ये मधेसवादी दलको पकड मानिने २ नम्बर प्रदेश पनि छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०७:२७ शुक्रबार

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा