राजनीति

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु

भोजपुर – आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । 

नेपाली काँग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ । 

दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका काँग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिए । 

आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई भोजपुरकोे दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उनले बताए। 

यता नेकपा माओवादी केन्द्र बाहेक अन्य दलले उम्मेदवार चयन गर्न सकिरहेका छैनन् भने भोजपुर जिल्लामा सबैभन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ । रासस 

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:४९ शुक्रबार

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु