राजनीति

कोशी सरकारविरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने

फाइल तस्बिर

कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।

एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका हुन्। कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ। 

प्रकाशित: २२ असार २०८० १०:५९ शुक्रबार

कोशी सरकार