राजनीति

प्रधानमन्त्रीको सचिवालयले भन्यो: भावनात्मक अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गरियो

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दाहालले दिएको अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गर्न खोजिएको बताएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य दाहालले सरदार प्रितम सिंहसँगको सम्बन्धबारे दिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गरिएको बताएका हुन्।

उनको विज्ञप्तिमा सिंहसँग दाहालको पुरानो पारिवारिक सम्बन्ध रहेको र त्यही क्रम दिल्लीस्थित आफ्नो घरमा जाँदा दाहाल प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख छ।

सोही सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुःखद भएको उनको भनाइ छ।

प्रकाशित: २१ असार २०८० ०८:१८ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल