राजनीति

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

ललितपुर—ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा काँग्रेस-एमालेबीच प्रतिस्पर्धा चुलिएको छ। चार वटा वडाको मतगणना बाँकी रहँदा काँग्रेस मेयर प्रत्यासी चिरिबाबु महर्जन एमालेका मेयर प्रत्यासीभन्दा २०३ मतले अगाडि छन्।

२५ वडाको परिणाम आउँदा २३ हजार ५३९ मतका साथ उनले अग्रता लिइरहेका छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार २३ हजार ३३६ मतका साथ दोस्रो स्थानमा छन्।

उपमेयरमा काँग्रेसकी गीता सत्याललाई मतअन्तर बढाएकी छिन्। उनी १८ हजार ५८७ मतका साथ अग्रता लिइरहेकी छिन्। साझा पार्टीकी शोभा शाक्य दोस्रो स्थानमा छिन्। उनी १३ हजार २७४ मतका साथ काँग्रेसकी सत्याललाई पछ्‌याइरहेकी छिन्।

प्रकाशित: ९ जेष्ठ २०७४ ०७:४५ मंगलबार

ललितपुर महानगरमा काँग्रेसको मतको अग्रता