राजनीति

संसद अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन: मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसद्लाई हुने बताएका हुन। उनले प्रधामन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको बताए। उनले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको मन्त्री बस्नेतले बताए। 

प्रकाशित: २० असार २०८० १४:०९ बुधबार

संसद अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन: मन्त्री बस्नेत