राजनीति

एमालेले संसद् बैठक अवरुद्ध गर्ने

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने भएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए।

प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रतिनिधिसभाको बैठकअघि संसदीय दलको आकस्मिक बैठक बोलाएको थियो।

प्रकाशित: २० असार २०८० ०९:१६ बुधबार

नेकपा (एमाले)