राजनीति

काठमाडौंमा रञ्जुलाई पछ्याउँदै साझा पार्टी

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १८६५६ मत सहित अगाडी छ ।
नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १२९०८ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ७४०४ र साझा पार्टीका किशोर थापा ५५४२ मत पाएका छन् । तेस्रो स्थानमा छन्। त्यस्तै माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २१५५ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिका उपमेयर पदमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गी अग्र स्थानमा छिन् । उनले १६७८७, राप्रपाको राजाराम श्रेष्ठ १०६५३, साझा पार्टीकी निरुपमा यादव ३५०८ र माओवादी केन्द्रकी सुशीला पौडेल २९४७ मत प्राप्त गरेका छन् । ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

प्रकाशित: ६ जेष्ठ २०७४ ११:१७ शनिबार

काठमाडौंमा रञ्जुलाई पछ्याउँदै साझा पार्टी