काठमाडौँ – काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । सबैलाई पछि पार्दै उनले १७,७३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ११,८९८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी विवेकशीलकी रञ्जु दर्शना ६९०२ मतसहित तेश्रो स्थानमा छिन् । उनलाई पछ्याउने क्रममा साझाका किशोर थापाले ५१५७ र माओवादीका सर्वोत्तम डंगोल २००१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमयेरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले १५,५०२ मतसहित अग्र स्थानमा छिन् भने उनलाई पछ्याउँदै राप्रपाका राजाराम श्रेष्ठले ९९१५, साझाकी निरुपमा यादवले ३२९० र माओवादीका सुशीला पौडेलले २६४१ मत प्राप्त गरेकी छिन् ।
प्रकाशित: ६ जेष्ठ २०७४ ०६:५९ शनिबार