राजनीति

विवेकशीलकी रञ्जु ६ हजार मतका साथ काँग्रेस पछ्‌याउँदै

काठमाडौं महानगरपालिकामा विवकेशीलकी उम्मेदवार रञ्जु न्यौपाने

काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणनामा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले झन्डै ६ हजार मत पाएकी छिन्। शनिबार बिहानसम्मको मतपरिणाममा ५ हजार ५४७ मत पाउँदै उनले काँग्रेस उम्मेदवार राजुराज शाक्यलाई पछ्‌याइरहेकी छिन्। साझा पार्टीका किशोर थापा ५ हजार ९४१ मतका चाैथाे स्थानमा छन्।

एमालेका विद्या सुन्दर शाक्य १६ हजार ५२९ मत ल्याएर अग्रता लिइरहेको काठमाडौंमा काँग्रेसका राजुराज जोशीले ११ हजार २९५ मत ल्याएका छन्।

काठमाडौं महानगरपालिकाका मतपरिणाम घोषणा भएका वडा नं. १ र २ मा एमाले विजयी भएको छ।

प्रकाशित: ६ जेष्ठ २०७४ ०३:०२ शनिबार

विवेकशीलकी रञ्जु मतका साथ काँग्रेस पछ्‌याउँदै