राजनीति

काठमाडौंको नागार्जुन नगरपालिकामा काँग्रेस विजयी

काठमाडौं—काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका मोहन बस्नेत ६९६१ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत प्राप्त गरे।

उपमेयर एमालेले जितेको छ। एमालेकी सुशीला अधिकारी ६८७१ मत पाएर विजयी भइन्। काँग्रेसकी कल्याणी खड्काले ६७९१ मत पाइन्।

जो वडा अध्यक्ष विजयी भएः

वडा नं १ : रामचन्द्र लामा (एमाले)

वडा नं २ : ठुमराज केसी (एमाले)

वडा नं ३ : प्रेमलाल श्रेष्ठ (एमाले)

वडा नं ५ : महेश रिमाल (राप्रपा)

वडा नं. ६ : राजेन्द्र बुढाथोकी (काँग्रेस)

वडा नं ७: रमेशप्रसाद गौतम (काँग्रेस)

वडा नं ८: शुक्र लामा (काँग्रेस)

वडा नं.९:  रामकृष्ण भट्टराई (काँग्रेस)

वडा नं. १०: सुन्दर लामिछाने (काँग्रेस)

प्रकाशित: ५ जेष्ठ २०७४ ०९:२५ शुक्रबार

काठमाडौंको नागार्जुन नगरपालिकामा काँग्रेस