राजनीति

काठमाडौंका तीन–तीन नगरमा काँग्रेस र एमालेको अग्रता

काठमाडौं – काठमाडौंका मतगणना गर्न बाँकी नगरपालिकामध्ये ६ नगरको मतगणना भइरहेको छ । हालसम्म गरिएको मतगणना अनुसार काँग्रेस र एमाले  तीन – तीन नगरपालिकामा अगाडि छन् ।

कागेश्वरी मनहरा र चन्द्रागिरीमा काँग्रेस अगाडि रहेको छ । बुढानिलकण्ठ, किर्तिपुर तथा तार्केश्वर नगरपालिकामा एमालेले अग्रता लिएको छ । नागार्जुन नगरपालिकामा भने मेयरमा काँग्रेस  र उपमेयरमा एमाले अगाडि रहेको छ । 

चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी ६४४९मतसहित अग्र स्थानमा रहेका छन् । उनलाई पछ्याउने क्रममा उनका प्रतिष्पर्धी एमालेका प्रल्हाद कार्कीले  ४२०४ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयर तर्फ काँग्रेसकी इन्दिरा श्रेष्ठले ५१५२ मत प्राप्त गरेकी छिन् भने एमालेकी लिसा नकर्मीले ४७६६ मत प्राप्त गरेकी छिन् । 

कागेश्वरी मनहरा नगरपालिका 
कागेश्वरी मनहरा नगरपालिकामा नेपाली कांगेसका उपेन्द्र कार्की ३६६४ मत प्राप्त गरी अग्र स्थानमा छन् भने उनका प्रतिष्पर्धी  एमालेका कृष्णहरि थापाले ३३१६ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काँग्रेसकी अनिता अधिकारीले ३८२९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी बिन्दु सिंखडाले ३५२७ मत प्राप्त गरेकी छिन् । 

बुढालिकण्ठ नगरपालिका 
बुढालिकण्ठ नगरपालिकामा नेकपा एमालेका उद्धव प्रसाद खरेलले ४२२७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजु श्रेष्ठले २८९९  मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा एमालेकी रमादेवी राईले ४४५९ मत प्राप्त गरी अग्र स्थानमा रहेकी छिन् भने काँग्रेसकी सुभद्रा खड्काले  २९३०   मत प्राप्त गरेकी छिन् ।

किर्तिपुर नगरपालिका 
किर्तिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका रमेश महर्जनले ३४९६  मतसहित अग्रता लिएका छन् भने काँग्रेसका राजकुमार नकर्मीले ३१८१मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सरस्वती खड्काले ३३३३ मत प्राप्त गरेकी छिन् भने काँग्रेसकी बिमला बिष्ट  ३०५५ मत प्राप्त गरेकी छिन् । 

तार्केश्वर नगरपालिका 
तार्केश्वर नगरपालिकामा पनि एमालले अग्रता लिएको छ । मेयरमा एमालेका रामेश्वर बोहरा ३२२८  मतसहित अग्र स्थानमा रहेका छन् भने काँग्रेस श्रीराम थापाले ३१४९मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी भानु डोटेलले ३७३६ मत  प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी गीता न्यौपानेले २८१४ मत प्राप्त गरेकी छिन् ।
 
नागार्जुन नगरपालिका
नार्गाजुन नगरपालिकामा  मेयरमा नेपाली काँग्रेस अग्र स्थानमा रहेको छ । काँग्रेसका मोहन बस्नेतले ५२७६ मत प्राप्त गरेका छन् भने एमालेका कृण्णहरी खत्रीले ५२२६ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । त्यसैगरी उपमेयर तर्फ भने नेकपा एमालेकी सुशीला अधिकारी ५७१२ मतसहित अग्र स्थानमा रहेकी छिन् भने नेपाली कांग्रेसकी कल्याणी खड्काले ५२७६ मत प्राप्त गरेकी छिन् । 

यसअघि काठमाडाैंका चार नगरपालिकामा अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी ८७४७ मत सहित विजयी भएका थिए भने उपमेयरमा एमालेकै ज्ञानमाया डंगोलले ८१४८ मत प्राप्त गरेकी  थिइन् ।

दक्षिणकाली नगरपालिकामा काँग्रेसका मोहन बस्नेत ४६९८ मत सहित विजयी भएका थिए भने उपमेयरमा काँग्रेसकै बसन्ती तामाङ महर्जनले ४७४९ मत प्राप्त गरी विजयी भएकी थिइन्

शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत सहित विजयी भएका थिए भने उपमेयरमा सुकलक्ष्मी श्रेष्ठले ४५०१ मत प्राप्त गरी विजयी भएकी थिइन् । 

त्यसैगरी गोकर्णेश्वर नगरपालिका पनि काँग्रेसका सन्तोष चालिसेले ९००९मत सहित  विजय हासिल गरेका छन् । त्यसैगरी उपमेयरमा काँग्रेसकी शान्ति नेपालले ८५९८ मत ल्याएर विजयी भएकी छिन ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०७:४६ शुक्रबार

काठमाडौंका तीन–तीन नगरमा काँग्रेस एमालेको अग्रता