राजनीति

सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न कांग्रेसको आग्रह

फाइल तस्बिर

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ।

सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको विभागको बैठकले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको हो।

बैठकले विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको छ।

त्यस्तै विभागको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्ने र  समितिले  १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने पनि निर्णय गरेको छ। उक्त निर्देशिका मस्यौदा समितिमा संयोजक  दिपकप्रसाद कुईकेल रहेका छन् भने सदस्यहरुमा गोविन्द परियार, गणेश के सी, लिला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ्ग र श्री निमग हुमागाई रहने छन्। 

कार्ययोजना तर्जुमा समितिमा संयोजक गोपालकुमार झा र सदस्य तिलक राई, उमिद वागचन, हुकम बुढा, विष्णु तिम्सीना, राघव गौतम र रम्मा मिश्र छन्।  

प्रकाशित: १८ असार २०८० १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App