चितवन—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार मध्यान्ह चितवन आउने भएका छन्। दाहालले रामपुरमा रहेको कृषि तथा वन विश्व विद्यालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ।
विश्व विद्यालयका अधिकारीहरुले दिएको जानकारी अनुसार साढे १२ बने भवन उद्घाटनको कार्यक्र छ। चितवन आउनुअघि प्रधानमन्त्री दाहाल नवलपरासी जानेछन्।
नवलपरासीमा दाहालले चौधरी उद्योग ्राम परिसरमा रहेको शास्वतधाम अवलोकन गर्ने कार्यक्रम छ। उनी बिहान नौ बजे नवलपरासी पुग्ने कार्यक्रम छ। शाश्वतधाम उद्योगपति विनोद चौधरीले निर्माण गरेको भब्य मन्दिर छ। जोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीबाट भएको थियो।
उद्घाटनका दिन पुर्व राजा ज्ञानेन्द्र पनि धाममा पुगेका थिए ।
प्रकाशित: ५ जेष्ठ २०७४ ०३:४१ शुक्रबार