राजनीति

काभ्रेका तीन गाउँपालिकामा काँग्रेस, एमाले—एमाओवादी एक–एक

बनेपा—स्थानीय तह निर्वाचनको ७ गाउँपालिकाहरुमध्ये हालसम्म ५ वटा गाउँपालिकाको नतिजा आइसकेको छ। जसमा बेथानचोक, तेमाल र रोशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

खानीखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष तथा महाभारत गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्। पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका कान्छामान जिम्बा २३४२ मतले अध्यक्षमा र चेतकुमारी माझी २३४३ मत ल्याएर विजयी भएका छन् ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०२:०३ बिहीबार

काभ्रेका गाउँपालिकामा काँग्रेस एमाले—एमाओवादी एक–एक