राजनीति

पर्वतको विहादी गाउँपालिकामा एमालेका भुसाल विजयी

पर्वत- पर्वतको विहादी गाउँपालिकामा नेकपा एमालेका कमल प्रसाद भुसाल २४ सय २० मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रविण गुरुङले २२ सय १७ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै डम्मरकुमारी गुरुङ २३ सय १५ मतका साथ निर्वाचित भइन्। उपप्रमुखमा नेपाली काँग्रेसकी बिष्णुकुमारी खड्काले २२ सय ९९ मत प्रप्त गरिन्। वडा अध्यक्षमा काँग्रेसले १, ३ र ४ जितेको छ। २ र ५ मा एमाले र ६ मा माओवादी बिजयी भएको छ।

प्रकाशित: ३ जेष्ठ २०७४ १७:४९ बुधबार

पर्वतको विहादी गाउँपालिकामा एमालेका भुसाल