राजनीति

मंगलवार देखि शारदा नगरपालिकामा मतगणना ठप्प

दाङ- मत बिबादले रोकिएको सल्यान शारदा नगरपालिकाको मतगणना बुधवार पनि सुरु हुन सकेन। चालीस मत हराएको भन्दै एमालेले बिरोध गरेपछि मंगलवार बेलुका देखि त्यहाँ मतगाणना कार्य रोकिएको छ।  मतगणना सुरु गर्ने बिषयमा वुधवार दिनभर  छलफल भैरहेको भएपनि सहमती नभएको बताईएको छ। मत गाणनाका क्रममा चालीस मत हराएको दाबी गर्दै एमालेले मतगणना बहिस्कार गरेको थियो।

वडामा माओवादी अग्रस्थानमा

हाल मतगाणा सकिएका ५५ वडा मध्य २२ वडामा माओवादी विजयी भएको छ । एमाले २० वडामा बिजयी भएको छ भने कांग्रेस १३ वडामा बिजयी भएको छ। 

 

 

प्रकाशित: ३ जेष्ठ २०७४ १५:०२ बुधबार

मंगलवार शारदा नगरपालिकामा मतगणना ठप्प