राजनीति

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निमा ग्ल्याजेन शेर्पा विजयी भएका छन्। उनले ४९४५ मत प्राप्त गरेका छन् ।
एमाले जिल्ला पूर्व अध्यक्ष रहेका हस्त पण्डितलाई हराउदै उनी विजयी भएका हुन्। एमालेका हस्त पण्डितले ३२१३ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी कोपिला पण्डित ४५०२ मतसहित विजयी भएकी छिन् । एमालेकी निमाज्यामु हेल्मु लामाले ३२४६ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित: ३ जेष्ठ २०७४ १४:४८ बुधबार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस