राजनीति

गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस बिजयी

गोरखा- गोरखाको सिरानचोक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजु गुरुङ बिजयी भएका छन्। ३४०२ मतका साथ उनी बिजयी बनेका हुन् । प्रतिद्धन्द्धी नबराज पुडासैनीले ३२३५ मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रिता देवकाटा ३४११ मतले बिजयी बनिन् । प्रतिद्धन्द्धी माओवादी केन्द्रकी दिपा गुरुङले ३२३६ मत ल्याईन ।  यो सँगै कांग्रेस गोरखाको तीनवटा गाउँपालिकामा बिजयी भईसकेको छ । यहाँ नौ वटा गाउँपालिका र दुईवटा नगरपालिका छन् । पाँचवटा वडा रहेको त्यहाँ २,३,४ कांग्रेस, १ र ५ माओवादीले जितेको छ। 

 

 

प्रकाशित: ३ जेष्ठ २०७४ १२:१७ बुधबार

गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस बिजयी