राजनीति

पर्वतको फलेवासमा एमाले बिजयी

पर्वत- पर्वतको फलेवास नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ। एमालेका पदमपाणी शर्माले छ हजार एक सय तीन मत प्राप्त गरी प्रमुख (मेयर)मा जितेका हुन। तिब्र प्रतिष्पर्धा मानिएको फलेबासमा नेपाली काँग्रेसका गंगाधर तिवारीले पाँच हजार सात सय ५५ मत प्राप्त गरे।

उपप्रमुखमा पनि एमाले नै बिजयी भएको छ। एमालेका मञ्जु अधिकारीले पाँच हजार नौ सय ५४ मत प्राप्त गरी नेपाली काँग्रेसका रेखा गुरुङलाई हराएकी हुन। गुरुङले पाँच हजार छ सय ४९ मत प्राप्त गरिन। यो नगरमा एमालेले नौ वटा वडा जितेको छ भने नेपाली काँग्रेसले दुई वटा वडा मात्रै जित्यो । एमालेले वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९, १० र काँग्रेसले ३ र ११ वडा जितेको हो।

प्रकाशित: ३ जेष्ठ २०७४ ११:३१ बुधबार

पर्वतको फलेवासमा एमाले बिजयी