राजनीति

कागेश्वरी मनहरामा काँग्रेसको अग्रता

काठमाडौं—काठमाडौको कागेश्वरी मनहरा नगरपालिमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उपेन्द्र कार्की १४७१ मतसहित अग्र स्थानमा रहेका छन्। उनमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुण्णहरी थापाले १२१७ मतसहित कांग्रेसका कार्कीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ७१२ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी अनिता अधिकारी १५७६ मत सहित अग्र स्थानमा रहेकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बिन्दु सिंखडा १३१५ मतसहित दोस्रो स्थानमा रहेकी छिन्। नेकपा माओवादीकी रुकु रणपालले ५७५ मत प्राप्त गरेकी छिन्। मत गणना कार्य जारी रहेको कागेश्वरी मनहरा नगरपालिकाका निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए।

मेयर उपमेयरमा काँग्रेसले लिए पनि एक नम्बर वडाअध्यक्षमा एमालेका मुकुन्द गजुरेल विजयी भएका छन्। चारवटै वडा सदस्य एमालेले जितेको छ।
 

प्रकाशित: ३ जेष्ठ २०७४ ०८:४० बुधबार

कागेश्वरी मनहरामा काँग्रेसको अग्रता