राजनीति

काभ्रेको बेथानचोकमा काँग्रेस, खानीखोलामा एमाले विजयी

बेथानचोक गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका प्रेमबहादुर तिमल्सिना विजय जुलुशमा

बनेपा–स्थानीय तह निर्वाचनमा काभ्रेका २ गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। खानीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णबहादुर खुलाल र सोही पार्टीका रुक्मिणी गुरुङ उपाध्यक्षमा विजयी भएका छन्।

दुवै जनाका प्र्रतिस्पर्धिहरुमा माओवादी केन्द्रका उम्मेदवारहरु थिए। यस्तै कूल ७ वटा वडाअध्यक्षहरुमा एमालेका ४, माओवादी केन्द्रका २ र काँग्रेसका १ जना विजयी भएका छन्।

यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेमबहादुर तिमल्सिना ३८६८ ल्याएर विजयी भए। उपाध्यक्षमा सोही पार्टीका सरिता लामिछाने तामाङ विजयी भएकी छन्। दुवैका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारहरु थिए । सो गाउँपालिकाका ६ वटै वडाहरुमा नेपाली काँग्रेसका वडाअध्यक्षहरु विजयी भएका छन् ।

अहिलेसम्ममा काभ्रेमा मतगणना सम्पन्न भएमध्ये एमाले २० वडामा, काँग्रेस १८ वडामा, माओवादी केन्द्र ९ वडामा र संघीय समाजवादी फोरम १ वडामा अध्यक्ष विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७४ ०४:२९ बुधबार

काभ्रेको बेथानचोकमा काँग्रेस खानीखोलामा एमाले