राजनीति

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

ललितपुर—ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

ललितपुर महानगरपालिकाको अहिलेसम्मको मतगणनामा साझा पार्टी तेस्रो स्थानमा देखिएको छ। साझाका मेयर प्रत्यासी रमेश महर्जनले ३४५९ मत पाएका छन्। माओवादी उम्मेदवाले १३५२ मत पाएका छन्।

यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी गीता सत्यालले ४२४६ मतका साथ अग्रता लिएकी छिन्। एमालेको सूर्य चिन्हमा ३७७२ मत परेको छ। ललितपुर उपमेयरमा एमालेले राप्रपालाई उम्मेदवारलाई समर्थन गरेको थियो। साझाकी शोभा शाक्यले ३४७५ मत पाएकी छिन्। माओवादीकी हसिना शाक्यले १९८५ मत पाएकी छिन्।

प्रकाशित: ३ जेष्ठ २०७४ ०१:४६ बुधबार

ललितपुर महानगरमा काँग्रेसको अग्रता साझा पार्टी तेस्रो