राजनीति

नगरकोटमा पुन मतदान सुरु

भक्तपुर— भक्तपुरको चाँंगुनारायण नगरपालिकाको नगरकोटमा पुन मतदान सुरु भएको छ। मतदान विहान सात बजेदेखि नै सुरु भएको छ। मतदानमा लागि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ।

चाँंगुनारायण नगरपालिका ६ नगरकोटको बुट ख मा मात्रै पुन मतदान भएको हो। नगरकोटमा दुई वटा बुथ थिए। तीमध्ये नेमकिपाको चुनाव चिन्ह नभएको मत खसेको बुथ ख मा मात्रै पुन मतदान भएको हो । त्यहाँं आठ सय सात मतदाता छन्।  

चाँंगुनारायण नगरपालिकाकी निर्वाचन अधिकृत रिन्जु डंगोलले निर्वाचन आयोगको निर्देशन अनुसार पुन मतदान सुरु गरेको जनाइन् । ‘निर्वाचन आयोगबाट पुन मतदान गर्नू भन्ने आदेश भएकोले नगरकोटमा पुन मतदान भएको हो, निर्वाचन अधिकृत डंगोलले नागरिकसँग सुनाइन्।  

त्यहाँं जेठ ३१ गते आइतबार नै निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएर पनि मतपेटीका मतगणणास्थल नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुरमा पुयाइए सकिएको थियो । त्यसो भए पनि त्यहाँं पुन मतदान भएको हो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिन्ह मादल नभएको मतपेटीकाको प्रयोगबाट आइतबार मतदान भएपछि त्यहाँं पुन मतदान भएको हो।

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०१:३४ बुधबार

नगरकोटमा पुन मतदान सुरु