राजनीति

यस्तो छ काठमाडौंका १० नगरपालिकाको पछिल्लो परिणाम

काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मत गणना अनुसार गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका , नागार्जुन नगरपालिकामा , कागेश्वरी मनोहरा नेपाली कांग्रेसले अग्रता लिएको छ।

 नागार्जुन नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेस मोहन बस्नेत १४७३ र एमालेका कृष्णहरि खत्री १४३० पाएका छन्। उपमेयरमा भने एमाले सुशीला अधिकारी १५७६ र नेपाली काँग्रेस कल्याणी खड्का १३६५ प्राप्त गरेका छन्।

त्यस्तै मतगणनामा विवाद भएपछि स्थगित भएको किर्तिपुर नगरपालिकाको मतगणना पुनः सुचारु भएको छ। नगरपालिकाको वडा नं २ मा मतगणनाको समयमा विवाद भएको थियो। २ नम्वर वडामा एमालेले कांग्रेसलाई २६ मतअन्तरले पराजित गरेको थियो। कांग्रेसले पुन गणना गर्नुपर्ने माग गरेपछि गणना स्थगित भएको थियो। अहिले वडा नं ३ र ४ को मतगणना भइरहेको छ।

कागेश्वरी मनोहर नगरपालिकाको मेयर पदमा भने नेपाली काँग्रेसका उपेन्द्र कार्की ८४८, एमालेका कृष्णहरि थापा ६९९, माओवादी महेश्वर फुयाँल ३२५ र राप्रपा शम्भुबहादुर थापा १५ प्राप्त गरेका छन् । त्यस्तै उपमेयर नेपाली काँग्रेस अनिता अधिकारी ८४९ एमाले विन्दु सिग्देल ७४४, राप्रपा कुश्मा नगरकोटी ४०४ र माओवादी रुकु रणपाल ३०४ प्राप्त गरेका छन्।

गोकर्णेश्वर नगरपालिकाको पछिल्लो मत गणना अनुसार मेयर उम्मेदवारमा नेपाली कांग्रेस अगाडी छ। मेयर पदमा नेपाली काँग्रेस सन्तोष चालिसे १७९१ र एमाले पूण्य चौलागाई १२५५ प्राप्त गरेका छन्। उपमेयर नेपाली काँग्रेस शान्ति नेपाल १६४० र एमाले शान्ति श्रेष्ठ १३६८ ल्याएका छन्।

तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मेयर पदमा नेपाली काँग्रेस श्रीराम थापा १५७५ र एमाले रामकृष्ण बोहरा १५४६ प्राप्त गरेका छन्। उपमेयरमा भने एमालेका भानु डोटेल १३५२ र  नेपाली काँग्रेस गीता न्यौपाने १०४० पाएका छन्। त्यस्तै चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले १२९२, एमाले ५९०, माओवादी ६४४ र राप्रपाले ८१ ल्याएका छन् । त्यस्तै उपपमेयरमा भने नेपाली कांग्रेस ९०२, एमाले ६६१, माओवादी ७६० र राप्रपाले १० मत ल्याएको छ।

त्यस्तै टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १०७४ र एमाले ७११ प्राप्त गरेका छन् । उपमेयर पदमा भने नेपाली कांग्रेसले ८०७ र एमाले ७९९ ल्याएका छन्  ।

शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमालेका सुवर्ण श्रेष्ठ २६९७, माओवादी कृष्णराज सुवेदी १९३० र नेपाली काँग्रेस शंकर तिवारी १८८७ प्राप्त गरेका छन् । त्यस्तै बुढानीलकण्ठ नगरपालिकामा भने मेयर पदमा एमालेले अग्रता लिएको छ । मेयर पदमा एमाले उद्वव खरेल ३१४१ र नेपाली काँग्रेस राजु श्रेष्ठ १९०४ प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेकी रमा राई ३३८६ र नेपाली काँग्रेस सुभद्रा खड्का २३३२ पाएका छन् । दक्षिणकाली नगरपालिकामा भने एमाले अग्रता लिएको छ ।

 

 

प्रकाशित: २ जेष्ठ २०७४ १५:३५ मंगलबार

यस्तो काठमाडौंका १० नगरपालिकाको पछिल्लो परिणाम