राजनीति

काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसका जोशीले अग्रता लिए

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणना अनुसार काठमाडौंको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी ५८१ मतसहित अग्र स्थानमा छन्।

एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ५४९ सहित दोस्रो स्थानमा छन्। उपमेयरमा भने हरिप्रभा खड्की ६६२ र राप्रपाको राजाराम श्रेष्ठ ३५२ प्राप्त गरेका छन्।

त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने २३३ र साझा पार्टीका किशोर थापा २३२ मतसहित तेस्रो र चौथो स्थानमा छन्। साझा पार्टीकी उपमेयरकी उम्मेदवार निरुपमा यादवले १६२ प्राप्त गरेकी छिन् । यो मतपरिणाम काठमाडौं महानगरपालिका अन्तर्गत वडा नंम्बर १, २ र ३२को १९४६ मत गणना हुँदाको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

प्रकाशित: २ जेष्ठ २०७४ १३:५७ मंगलबार

काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसका जोशीले अग्रता लिए